ओली–नेपाल भित्र लुकेको ‘रहस्यमय गाँठो’

ओली–नेपाल भित्र लुकेको ‘रहस्यमय गाँठो’

काठमाडौं । कार्यकर्ता र सुभचिन्तकहरु नेकपा एमाले भित्र कसिएको रहस्यमय गाँठो फुकाउन जति प्रयास गरेपति नेतृत्व अर्थात पार्टी अध्यक्ष केपी शर्मा ओली टस न मस भएपछि समस्या एक इन्च समाधान हुन सकेको छैन । पार्टीभित्र नत विवादमा कुनै प्रगति हुन सकेको छ नत कार्यकर्ता भित्रको एकता बरु समस्या बल्झीदै गएको एक केन्द्रीय सदस्यले बताए ।

विवाद मिलाउन कस्सिएका केही नेता एमालेको पुरानै पार्टी संरचनाअन्तर्गत बैठक राखेर त्यहींबाट समाधान खोज्ने पक्षमा छन् भने समस्या समाधान गरौं भन्दा ओली मौन बसिदिँदा प्रयास निरर्थक बनेको ती सदस्यले बताए । विवादको गाँठो भनेको नेपाल–खनाल पक्षले २०७७ फागुन २८ गतेको निर्णयलाई बनाएका छन् ।

२८ गतेको निर्णय सच्याउनु पने अडानमा नेपाल खनाल पक्ष लागेको छ । तर सच्याउने भन्दा पनि उल्टै प्रधानमन्त्रीसमेत रहेका ओलीले फागुन २८ को सो निर्णय कुनैपनि हालतमा सच्याउन नसकिने वा असहमति जनाएपछि ओली–नेपाल निर्णायक वार्तासमेत हुन नसकेको एमाले नेताले जनाएका छन् ।

बालुवाटारमा दोस्रो तहका नेताले कार्यदल बनाएर विवाद निरुपण गर्नेसम्मको विषयमा छलफल गरे पनि शुक्रबार यसले निकास पाउन सकेन ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रमुख सचेतक विशाल भट्टराई, मन्त्रीहरू पार्वत गुरुङ, लीलानाथ श्रेष्ठ, स्थायी कमिटी सदस्यहरू किरण गुरुङ, छविलाल विश्वकर्मालगायतले ओलीलाई विवाद मिलाउन दबाब दिए पनि ओली त्यसमा सहमत हुन नसकेको बालुवाटार निकट स्रोतले बताएको छ ।

नेपाल पक्षले एमाले र माओवादी केन्द्रसँग एकीकरण हुनुपूर्वको दुई सय २१ सदस्यसहितको केन्द्रीय कमिटी ब्युँताएर त्यसकै बैठक राख्न आग्रह गरिरहेको दावी स्रोतको छ ।

 

Mohotsav


Thali Mobile Pvt.Ltd.