भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

कडा प्रतिवाद गर्ने एमालेको निर्णय

कडा प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । वैशाख ३० मा हुन गइरहेको चुनाव सार्ने षड्यन्त्र भएको भन्दै यसको कडा प्रतिवाद गर्ने एमालेले निर्णय गरेको छ ।

सत्ता गठबन्धनभित्र सिट बाँडफाँडलाई लिएर भइरहेको किचलोका कारण भित्रभित्रै निर्वाचन सार्ने षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै एमालेले निर्वाचनको पूर्णतयारीमा लाग्न सबै कमिटीलाई निर्देशन दिएको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समितिले तयार पारेको निर्वाचन घोषणापत्रको मस्यौदालाई समेत पारित गरेको छ ।

एमालेले ९ वैशाखमा चुनावको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ । घोषणापत्रले समेटेको विषयवस्तुबारे पोखरेलले बैठकलाई जानकारी गराएका थिए ।

बैठकले एक सय ७३ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् विस्तार गर्दै थप एक सय पाँचजना मनोनीत गरी दुई सय ७८ सदस्यीय पु¥याएको छ ।

बैठकले ९ वैशाखबाट तुल्सीलाल स्मृति प्रतिष्ठानबाट पार्टी केन्द्रीय कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.