भर्खरै : Sorry, your browser does not support inline SVG.

कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको आग्रह

कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको आग्रह

काठमाण्डौ । बाग्मतीका सिन्धुपाल्चोक, मकवानपुर, चितवन तथा मधेस प्रदेशका बारा, पर्सालगायतका जिल्लामा वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाग्मती र मधेस प्रदेशका केही जिल्लामा रातिदेखि नै पानी परिरहेकाले नदी तटिए क्षेत्रका बासिन्दालाई सजग रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

शनिबार बाग्मती, कोशी र मधेस प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका एक र दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
कतैकतै ठूलो पानी परेको छ ।

पानी परिरहेका जिल्ला र आसपासका क्षेत्र भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम छ । जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । हिजो र अस्ति पनि लगातार पानी परेका ठाउँमा कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

 


Thali Mobile Pvt.Ltd.