भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

कम्बोडियाको एक होटलमा भएको भीषण आगलागीमा परेर १९ जनाको मृत्यु, निराकर पाण्डेको शव नेपाल ल्याउन पहल -भिडियो

कम्बोडियाको एक होटलमा भएको भीषण आगलागीमा परेर १९ जनाको मृत्यु, निराकर पाण्डेको शव नेपाल ल्याउन पहल -भिडियो

परिवारलाई भिडियो सन्देश पठाएर १२ तलाबाट हामफाले
कम्बोडिया । एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक पनि रहेका छन् । झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हो । बिहीबार बिहान ४ बजेतिर उनको मृत्यु भएको पुष्टि भएको हो ।

थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत शव नेपाल ल्याउनका लागि अहिले पहल भइरहेको छ । नेपाली कन्सुलेट जनरलबाट पत्र लिएर शव ल्याउने प्रक्रिया भइरहेको छ । व्यवसायको सिलसिलामा भिजिट भिसामा कम्बोडिया गएका उनी अंग्रेजी नयाँ वर्षमा घर फर्किने तयारीमा थिए । ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलामा बसेका उनी आगलागि भएपछि हाम फालेका थिए ।

स्थानीय समयअनुसार बिहीबार राति साढे ११ बजेपछि आगलागी सुरु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आगलागी भएपछि केही व्यक्ति भवनबाट हामफाल्दै गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएका थिए । ‘राति आगो लागेको थाहा पाएपछि उनी निस्किन खोजेका थिए ।

भिडियो…

साथीहरुले पनि करिडोरबाट माथि जान भनेका रहेछन्सि तर करिडोरसम्म आगो लागिसकेकाले भाग्न सफल भएनन् । बाहिर निस्किन सक्ने सम्भवना नरहेपछि सिलवालले घरमा फोन गरे र परिवार तथा आफन्तसँग भावविहोल हुदै सान्तोनाका कुरा गरेका थिए । बाहिर सार्वजनिक भएको एक भिडियो सन्देशमा पाण्डेले दिनेशलाई आफ्नो परिवारको ख्याल राखिदिन समेत भनेका छन् ।

अब आफू नरहने भन्दै ९ वर्षीय छोरा र परिवारको हेरचाह गरिदिन अनुरोध गरेका हुन् । निराकरका बुबा विर्तामोड १ का वडाध्यक्षसमेत हुन् । भिडियो हेरेर परिवार भावविहोल अवस्थामा छन् । भिडियोमा उनले छोरालाई धेरै माया गर्ने बताउँदै भने, ‘राम्रो मान्छे बन्नु है छोरा । कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न ।’ यति भन्दै उनी हाम फालेको देखिएको छ । अहिले उनकाे परिवार नेपाल सरकारसंग शव नेपाल ल्याइदिन गुहार मागिरहेकाे छ ।

 


Thali Mobile Pvt.Ltd.