भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कम्बोडियाको एक होटलमा भएको भीषण आगलागीमा परेर १९ जनाको मृत्यु, निराकर पाण्डेको शव नेपाल ल्याउन पहल -भिडियो

कम्बोडियाको एक होटलमा भएको भीषण आगलागीमा परेर १९ जनाको मृत्यु, निराकर पाण्डेको शव नेपाल ल्याउन पहल -भिडियो

परिवारलाई भिडियो सन्देश पठाएर १२ तलाबाट हामफाले
कम्बोडिया । एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक पनि रहेका छन् । झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हो । बिहीबार बिहान ४ बजेतिर उनको मृत्यु भएको पुष्टि भएको हो ।

थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत शव नेपाल ल्याउनका लागि अहिले पहल भइरहेको छ । नेपाली कन्सुलेट जनरलबाट पत्र लिएर शव ल्याउने प्रक्रिया भइरहेको छ । व्यवसायको सिलसिलामा भिजिट भिसामा कम्बोडिया गएका उनी अंग्रेजी नयाँ वर्षमा घर फर्किने तयारीमा थिए । ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलामा बसेका उनी आगलागि भएपछि हाम फालेका थिए ।

स्थानीय समयअनुसार बिहीबार राति साढे ११ बजेपछि आगलागी सुरु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आगलागी भएपछि केही व्यक्ति भवनबाट हामफाल्दै गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएका थिए । ‘राति आगो लागेको थाहा पाएपछि उनी निस्किन खोजेका थिए ।

भिडियो…

साथीहरुले पनि करिडोरबाट माथि जान भनेका रहेछन्सि तर करिडोरसम्म आगो लागिसकेकाले भाग्न सफल भएनन् । बाहिर निस्किन सक्ने सम्भवना नरहेपछि सिलवालले घरमा फोन गरे र परिवार तथा आफन्तसँग भावविहोल हुदै सान्तोनाका कुरा गरेका थिए । बाहिर सार्वजनिक भएको एक भिडियो सन्देशमा पाण्डेले दिनेशलाई आफ्नो परिवारको ख्याल राखिदिन समेत भनेका छन् ।

अब आफू नरहने भन्दै ९ वर्षीय छोरा र परिवारको हेरचाह गरिदिन अनुरोध गरेका हुन् । निराकरका बुबा विर्तामोड १ का वडाध्यक्षसमेत हुन् । भिडियो हेरेर परिवार भावविहोल अवस्थामा छन् । भिडियोमा उनले छोरालाई धेरै माया गर्ने बताउँदै भने, ‘राम्रो मान्छे बन्नु है छोरा । कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न ।’ यति भन्दै उनी हाम फालेको देखिएको छ । अहिले उनकाे परिवार नेपाल सरकारसंग शव नेपाल ल्याइदिन गुहार मागिरहेकाे छ ।

 


Thali Mobile Pvt.Ltd.