जितेगडा । कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालन भएको छ ।
असोज १९ गतेदेखि लगातार परेको पानीले बन्द भएको सुर्खेत–जुम्ला सडक खण्ड पूर्णरुपमा खुलेको हो ।
सडक डिभिजन कार्यालय जुम्ला, नेपाली सेना, निर्माण व्यवसायी र जिल्ला प्रशासन कार्यालयले सडक खुलाउन निरन्तर पहल गरेपछि खुलाउन सफल भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।
कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै अब अवरोध नरहेको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।राजमार्ग सञ्चालनमा आएपछि सडकमा झण्डै १५ दिनदेखि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् ।
कर्णाली राजमार्गको नाग्म–गमगडी सडकखण्ड यसअघि शनिवारदेखि नै खुलेको थियो
