कर्णालीवासीलाइ खुसी: प्रतिष्ठानले पायाे ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालन अनुमति

कर्णालीवासीलाइ खुसी: प्रतिष्ठानले पायाे ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालन अनुमति

कर्णाली । नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ‘स्नातकोत्तर तहको चिकित्सा शिक्षा’ सञ्चालनको अनुमति दिएको छ ।

सरकारले प्रतिष्ठानमा ‘एमडिजिपी इन जनरल प्राटिक्स’, ‘एमडी इन एनेस्थेसिया’, ‘एमडी इन पेडियाट्रिक्स’ गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापाका अनुसार यही साउन ३० गते प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तीन विधामा चिकित्सा शिक्षा सञ्चालनको अनुमति दिएको हो ।

‘सो निर्णयबाट अब कर्णाली स्वास्थ्य विज्ञानमा विशेषज्ञ सेवाको अध्ययन अध्यापन कार्यको ढोका खुलेको छ,’ शिक्षाध्यक्ष डा.थापाले भने, ‘यही शैक्षिक सत्रदेखि अब स्नातकोत्तर तहको चिकित्सा शिक्षाको पढाइ गरिनेछ ।’ सरकारको यो निर्णयले प्रतिष्ठानलाई ठूलो उपलब्धि मिलेको भन्दै उनले नेपाल सरकारलगायत सम्पूर्ण सहयोगी शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरे ।

बन्दाबन्दी र निषेधाज्ञाकै बीचमा नेपाल सरकारले एमडीरएमएस कार्यक्रम सञ्चालनको अनुमति दिएपछि कर्णालीवासी खुशी भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.