भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

एकैदिन थपिए ८८५ संक्रमित ११ काे मृत्यु, नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघ्यो (भिडियो)

एकैदिन थपिए ८८५ संक्रमित ११ काे मृत्यु, नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघ्यो (भिडियो)

काठमाडौं । नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ ।

कहाँ कति थपिए ?
प्रदेश १ का जिल्लाहरुमा खोटाङका एकजना, झापाका १६ जना, तोह्रथुमका ८ जना, पाँचथरका ४ जना, मोरङका १३ जना र सुनसरीका ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ का जिल्लाहरुमा धनुषका ४३ जना, पर्साका एकजना, बाराका २४ जना, महोत्तरीका १८ जना, रौतहटका २० जना, सप्तरीका एकजना, सर्लाहीका १२० जना र सिरहाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २३० जना, काभ्रेका २१, चितवनका ४२ जना, दोलखाका २ जना, धादिङका २ जना, भक्तपुरका २४ जना, मकवानपुरका १८ जना, रामेछापका एकजना, ललितपुरका ४७ जना र सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ४ जना, गोरखाका एकजना, नवलपरासी पूर्वका ७ जना, लमजुङका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका ४ जना, दाङका १६ जना, नवलपरासीका २ जना, प्युठानका २२ जना, बर्दियाका एकजना, बाँकेका ४ जना, रुपन्देहीका १९ र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका एकजना, दैलेखका एकजना, सल्यानका एकजना, सुर्खेतका ७ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेर्नुहाेस् भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/435795037335936/

सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका २ जना, कैलालीका २९ जना, डडेल्धुराका २ जना, डोटीका २ जना र अछामका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १९ हजार ५०४ पुगेको छ ।

उपत्यकामा अहिलेसम्मकै बढी, थपिए ३०१ संक्रमित
काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार २० पुगेको छ । बुधबार काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो ।

कुन प्रदेशमा कति ?
प्रदेश १ मा १३५६ जना
प्रदेश २ मा ४३१५ जना
वाग्मती प्रदेश ९१९ जना
गण्डकी प्रदेशमा १६५२ जना
प्रदेश ५ मा ४६५१ जना
कर्णाली प्रदेशमा २०१७ जना
सुदूरपश्चिम प्रदेशमा ४५९४ जना
थप ११ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.