काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको छ ।
बिहान नौ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा सरकारमा सहभागि हुने मन्त्री र आसन्न महाधिवेशनका बारेमा छलफल हुनजे कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
सत्तागठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी सरकारको न्यूनतम साझा कार्यक्रमको गृहकार्यमा जुटेसंगै आज आन्तरिक छलफलमा जुटेको पौडेलको भनाई छ । सरकारको काममा एकरूपता ल्याउन सरकारमा सहभागी हुने दलहरूबीच न्यूनतम साझा कार्यक्रम बनाउने विषयमा पनि छलफल गरिने पौडेलले बताए ।
