भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कांग्रेसले मधेशमा ६० प्रतिशत सिट नछोड्न दवाव दियो

कांग्रेसले मधेशमा ६० प्रतिशत सिट नछोड्न दवाव दियो

जनकपुरधाम । नेपाली कांग्रेसको मधेश प्रदेश समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ।

सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा सबैभन्दा धेरै जनाधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति संयोजक नितेश गुप्ताले बताए ।

बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई केन्द्रमा पठाउने निर्णय गरेको छ। सिफारिसमा नपरेका आकांक्षीले पनि निवेदन दिएपछि उनीहरूको नाम पनि केन्द्रमा पठाउने निर्णय भएको गुप्ताले बताए ।

प्रदेश समितिमा निवेदन दिएका अमरेश सिंहको पनि सिफारिस केन्द्रमा पठाउने निर्णय भएको बताए ।

सर्लाही(४ बाट २०७४ को निर्वाचनमा विजयी भएका अमरेशको यस पटक क्षेत्रीय समितिले सिफारिस नगरी पार्टी महामन्त्री गगन थापाको नाम सिफारिस गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.