भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

काठ तस्करविरुद्ध रौतहटमा हवाईफायर

काठ तस्करविरुद्ध रौतहटमा हवाईफायर

रौतहट । रौतहटमा गोली चलेको छ । सालको काठ तस्करी भएपछि रौतहट स्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले हवाईफायर गरेर अवैध काठ बरामद गरेको हो । झन्डै दुईलाख भन्दा बढी मूल्यको काठ सहितको टायर गाडा र पाडो आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनाबारे अनुसन्धान भइरहेको छ।

वन क्षेत्र भित्र गस्तीको क्रममा तस्करसँग भिडन्त भएको थियो। सो क्रममा टोलीले तीन राउन्ड हवाई फायर गरेपछि तस्कर समूह भागेको थियो। टोलीले उक्त स्थान बाट तीनाथान गोलिया साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको छ ।

जिल्लाको पूर्वी भेगमा तस्करहरू लुकीचोरी काठ कटानी गर्न बढी सक्रिय देखिएकाले अहिले वन सुरक्षा गस्ती टोली अहोरात्र खटिएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।

जिल्लाको वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र बन सुरक्षा टोली र तस्कर बिच जम्काभेट हुँदा टोलीले हवाई फायर गरेर गोलिया काठ बरामद गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.