भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

काठमाडौँ विश्वविद्यालयका एकहजार ७१२ विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ विश्वविद्यालयका एकहजार ७१२ विद्यार्थी दीक्षित हुँदै

बनेपा, । काठमाडौँ विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह दोस्रो चरणमा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् ।आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् ।

दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८ १०३२ जना र महिलाको प्रतिशत ३९.७२ ६८०० रहेको छ । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका १५७ रहेका छन् । कार्यक्रममा पाँच जनालाई काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । सत्ताइसौँ दीक्षान्त समारोहसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट अहिलेसम्ममा ३८ हजार ३३६ उत्तीर्ण हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.