भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

काठमाडौं बागबजार क्षेत्रको पानीमा भेटियो हैजाको जीवाणु

काठमाडौं बागबजार क्षेत्रको पानीमा भेटियो हैजाको जीवाणु

काठमाडौं । काठमाडौंको बागबजारका धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ । पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मनलाल दासले बताए ।

इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो । उनले भने, ‘धारा र ट्युवबेलबाट आएको पानीको नुमना परीक्षण गरेका थियौं । रिर्पोटमा घातक जीवणु कोलोफर्म र इकोली नै भेटियो ।’ हैजा देखिएका अन्य क्षेत्रको पनि पानीको नमुना परीक्षण भइरहेको दासले बताए । अहिलेसम्म ५ जनामा हैजा पुष्टि भइसकेको छ ।

बुधबार डिल्लीबजारमा हैजाको नयाँ केस पुष्टि भएको महाशाखाले जनाएको छ । डा.दासले भने, ‘बागबजार तथा अन्य हैजा देखिएको ठाउँका मानिसलाई अलर्ट गरिसकेको छौं ।’केसहरु एक ठाउँमा मात्रै नभएर ठाउँ–ठाउँमा देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.