काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री मापन, सचेत रहन सुझाव

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री मापन, सचेत रहन सुझाव

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा झनै जाडो झन् बढेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम मंगलबार तीन डिग्री सेल्सियस मापन गरिएको हो ।  सोमबार चार डिग्री सेल्सियस मापन गरिएको थियो भने मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको हो । उपत्यककामा यो यस वर्षकै सबैभन्दा कम तापक्रम रहेको  मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका अधिकांश भाग र पहाडका केही भागहरुमा हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ । आज प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.