भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

काठमाडौंको फोहरलाई लिएर भइरहेको अवरोध हट्यो, गाउँपालिका र सहरी विकास मन्त्रालयबीच सहमती

काठमाडौंको फोहरलाई लिएर भइरहेको अवरोध हट्यो, गाउँपालिका र सहरी विकास मन्त्रालयबीच सहमती

काठमाण्डौ । सहरी विकास मन्त्रालय र गाउँपालिकाबीच सहमती भएपछि आन्दोलन रोकिएको छ । काठमाण्डौ उपत्यकाको फोहर ढुवानीमा भइरहेको अवरोध सहरी विकास मन्धालय र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दाको छलफलमा मौखिक सहमति भएसँगै उक्त आन्दोलन रोकिएको हो। बञ्चरेडाँडा नुवाकोट र धादिङको सिमानामा पर्छ । काठमाण्डौ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

फोहर बोकेका गाडी ल्याण्डफिल्ड साइट जानबाट रोकिए पछि काठमाण्डौमा एक हजार टन भन्दा धेरै फोहर थुप्रिएको थियो। फोहरका कारण दुर्गन्ध फैलिँदा र झिँगा भन्किँदा स्थानीयबासिन्दा आक्रोशित भएका थिए । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेका थिए ।

सहमति अनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम भइरहेको छ । ररातिदेखि नै दुर्गन्ध हटाउने र फोहर छोप्ने काम भइरहेको छ । दुर्गन्ध हटाइ फोहर छोप्ने सहमति भए पछि स्थानीय बासिन्दाले आन्दोलन रोकेका हुन् ।

यसअघि पनि काठमाण्डौ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग दुर्गन्ध हटाएर फोहर छोप्ने सहमति भएको थियो । तर, त्यो कार्यान्वयन नभएको भन्दै गएको १ गतेदेखि स्थानीय बासिन्दाले आन्दोलन थालेका थिए ।

 


Thali Mobile Pvt.Ltd.