भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना | तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन |

काठमाण्डौको हनुमानढोकामा रहेको दशैँ घरमा फूलपाती भित्र्याइदै

काठमाण्डौको हनुमानढोकामा रहेको दशैँ घरमा फूलपाती भित्र्याइदै

गोरखा । गोरखामा विधिपूर्वक सङ्कलन गरिएको फूलपाती बिहान सरकारी नम्बर प्लेटको गाडीमा राखेर काठमाण्डौ पठाइएको छ । गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैँघरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दशैँ घरमा फूलपाती पठाइएको हो ।

जंगबहादुर राणाको उदयपछि फूलपातीको परम्परा अवरुद्ध भएको गोरखा सङ्ग्रहालयले जनाएको छ । काठमाण्डौ र गोरखालाई पृथ्वीराजमार्गले जोडेपछि भने गाडीमार्फत् फूलपाती काठमाण्डौ पठाउने चलन फेरि शुरु भएको हो । गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि जमलसम्म काठमाण्डौबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइन्छ । पुरातत्व विभागले काठमाण्डौबाट पठाएको ग २ झ २१२८ नम्बरको गाडीमा फूलपाती पठाएको गोरखकाली मन्दिर व्यवस्थापन समितिले जनाएको छ । गोरखकाली मन्दिरका पुजारी कुलबहादुर थापाको साथमा फूलपातीको पठाइएको हो । फूलपाती पठाउने क्रममा बाजागाजासहित हर्षोल्लास मनाइएको थियो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोरखाबाट फूलपाती हनुमानढोका दशैँघरमा लैजाने परम्परा बसेको हो । १८२५ सालमा काठमाण्डौमा विजय प्राप्त भएको थियो । त्यतिबेला गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाती लैजाने परम्परा रहेको थियो । राणाकाल शुरुभएसँगै यो परम्परा अवरुद्ध भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.