भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

कानुन व्यवसायीको बालुवाटार ‘मार्च पास’

कानुन व्यवसायीको बालुवाटार ‘मार्च पास’

काठमाडौं । नेपाल बार एसोसिएसनलगायतले आज बिहीबार सर्वोच्च अदालतबाट बालुवाटारसम्म ‘मार्च पास’ गर्दै छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका कानुन व्यवसायीले करिब १ महिनादेखि आन्दोलन गरिरहेका छन् । बारको आयोजनामा नै ‘मार्च पास’ गरिदै छ ।

बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसन, पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, चिकित्सक संघ आदिवासी–जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनले ब्यानरसहितको मार्च पास गर्न लागेको बताइएको छ ।

उक्त मार्च पासलाई ‘बालुवाटार न्याय मार्च’ नाम दिइएको छ । एक घण्टा धर्ना दिने कार्यक्रमपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने योजना रहेको बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

दिउँसो २ बजेदेखि करिब १ घण्टा धर्ना दिने र उक्त समयमा केही वक्ताहरूले आफ्नो भनाइ राख्ने कार्यक्रमसमे रहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.