काठमाडौं । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं २ ढुंखर्कमा अवस्थित ढुंखर्क अस्थायी अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोराना भाइरस (कोभिड १९) को संक्रमण तीव्र रुपमा फैलिरहेको वेला कैलाश खवर डटकमको पहलमा काभ्रे जिल्लाको ढुंखर्क अस्थायी अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य सामग्री भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक तथा बागमती प्रदेश आन्तरिक पर्यटन पुनरुत्थान समिति सदस्य रामसुन्दर बकेले स्वास्थ्य सामग्री अस्थायी अस्पताका प्रमुख दुर्गाप्रसाद पोखरेल र डाक्टर किशोर महर्जनलाई हस्तान्तरण गरहेका हुन । स्वास्थ्य सामग्री प्राप्त गरेपछि डाक्टर महर्जनले विरामीहरुलाई मुटु र फोक्सोको अभ्यास गर्न सहज हुने बताए ।
स्वास्थ्य सामग्रीको अभाव भइरहेको अवस्थामा दुर्गम ठाउँसम्म आएर स्वास्थ्य रामग्री हस्तान्तरण गरेकोमा डाक्टर महर्जनले कैलाशखबर टमकलाई धन्यवाद समेत दिएका थिए । त्यस्तै अस्पतालका प्रमुख दुर्गाप्रसाद पोखरेलले अस्थायी अस्पतालाई पालिकाले महत्वका साथ हेरिरहेको जानकारी दिए । उनले काठमाडौं उपत्यकाबाट ५५ किलोमिटरको दुरीमा रहे पनि निकै दुर्गम अवस्थामा रहेको बताए ।
उनले पालिकाको सम्पूर्ण रेखदेखमा सञ्चालन भइरहँदा यहाँका स्थानीयले सेवा पाएको जानकारी दिए । कोभिडको वेलामा अस्पतालका कर्मचारीहरु २४ घण्टा खटिएको र निरन्तर सेवा गरिरहेको उनले जानकारी दिए । कर्मचारीले खेलेको भूमिकाप्रति बेथानचोक गाउँपालिका पनि सकारात्मक रहेको उनको भनाई छ ।
वेथान चोक अस्थाई अस्पतालमा २ जना स्टाप नर्स, एक जना कार्यालय सहयोगी र एक जना मेडिकल अफिसर रहेको पोखरेले जानकारी दिए । वेथान चोक स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री पठाउन पर्यटन व्यवसायी रामसुन्दर बके, व्यवसायी नविन माकजु, सुनिल याकामी, कमल सिजापति र कैलाश खबरको आर्थिक,नैतिक र भौतिक सहयोगनमा हस्तान्तरण गरिएको थियो ।


