भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी | दसैँको टीकाको साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा | फ्रान्समा विद्यार्थी आन्दोलन उग्र बन्दै, हजारौँ पक्राउपछि अभिभावक र मजदुर पनि सडकमा | दसैँअघि नै मालढुङ्गा पुल सञ्चालनमा ल्याउने तयारी, २४सै घण्टा मर्मत | भोटेकोशी बाढीपीडितका लागि गैरसरकारी संस्था र पालिकासँग मिलेर अस्थायी आवास बनाइने |

दशैंको टीका लगाउन मामाघर जाँदै गर्दा कारको ठक्करबाट एक युवतीको मृत्यु

दशैंको टीका लगाउन मामाघर जाँदै गर्दा कारको ठक्करबाट एक युवतीको मृत्यु

बुटवल । रुपन्देहीमा कारले स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ । रुपन्देहीको धकधइमा २१ वर्षीया झरना चौधरीको दुर्घटनाबाट मृत्यु भएको हो ।

स्कूटीमा सवार उनलाई कारले ठक्कर दिँदा घाइते भएकी थिइन् । गम्भीर घाइते उनलाई उपचारका लागि भीम अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।

चौधरी एमाले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ की वडा सचिव हुन् । तिलोत्तमा– ३ सिर्जनानगर स्थायी घर भएकी उनी लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत थिइन् ।

घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा उनी दुर्घटनामा परेकी हुन् ।

 


Thali Mobile Pvt.Ltd.