भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिले आज संसदमा सम्बोधन गर्दै

कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिले आज संसदमा सम्बोधन गर्दै

काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गर्दैछिन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

संयुक्त बैठकलाई दिउँसो तीन बजे सम्बोधन गर्ने तय भएको छ । कार्यकाल सकिन लागेको अवस्थामा राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन ।

फागुन २८ गते उनको कार्यकाल सकिदै छ । भण्डारीको यो दोस्रो कार्यकाल हो । संवैधानिक व्यवस्था अनुसार एकै व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति हुने व्यवस्था छैन ।

फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिने भएकोले त्यसअघि २५ गते नै राष्ट्रपति निर्वाचनको मिति तय गरिएको र त्यसका लागि तयारी थालिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिको सम्बोधनपछि संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाला प्रचण्डले सम्बोधनको प्रति टेबल गर्ने कार्यक्रम छ ।

 


Thali Mobile Pvt.Ltd.