भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

कार्यालयमा रही कामकाज गर्न कठिनाइ महसुस भएको भन्दै विमानस्थलको भन्सार कार्यालयका कर्मचारीले सरुवा मागे

कार्यालयमा रही कामकाज गर्न कठिनाइ महसुस भएको भन्दै विमानस्थलको भन्सार कार्यालयका कर्मचारीले सरुवा मागे

काठमाण्डौ । १ सय ३७ जना कर्मचारीले सरुवा मागेका छन् । काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका कर्मचारीहरुले सरुवा मागेका हुन ।

२४ सै घण्टा सार्वजनिक बिदाका दिनहरूमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई कानुनअनुसार काम गर्दा पनि विभिन्न निकायबाट दुःख दिइएको,अनावश्यक शङ्का गरेको र यात्रु शाखामा यात्रुबाट दुर्व्यवहार र अपशब्द भोग्नु परेको उनीहरूको गुनासो छ । ब्रेक शुु मा लुकाएर सुन तस्करी गरिएको प्रकरणपछि आफूहरूलाई विनाकारण दुःख दिइएको उनीहरूको आरोप छ ।

विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दुःख दिने तथा मानसिक रूपमा क्षतविक्षत बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाइ महसुस भएको उनीहरूको गुनासो छ ।

कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरूमाथि अनावश्यक रूपमा धरपकड गर्ने, प्रमाणविना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको भन्दै उनीहरूले कार्यालयमा उपस्थित भई तोकिएको कार्य–जिम्मेवारी पूरा गर्न आफूहरूमा व्यक्तिगत, मनोवैज्ञानिक त्रास उत्पन्न भएको उनीहरुले उल्लेख गरेका छन् ।

६० किलो सुन तस्करी र अन्य विभिन्न घटनामा कर्मचारीलाई अनावश्यक दबाब र डर, त्रास उत्पन्न गराएको भन्दै १ सय ३७ जनाले विभागका महानिर्देशक सामु सरुवा मागेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.