भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

कालीकोटमा दैलेखका तीन ठाउँबाट सडक जोडिँदै

कालीकोटमा दैलेखका तीन ठाउँबाट सडक जोडिँदै

मान्म । कालीकोट जिल्लामा दैलेख जिल्लाका तीन ठाउँबाट सडक जोडिने भएको छ । कालीकोटमा दैलेखका तल्लो डुगेश्वर, दुल्लु–कुशापानी डाडीमाडी–पीपलकोट हुँदै खुलालु मान्म, माथिल्लो–डुगेश्वर, दुल्लु, कुशापानी, कालीकोटको भर्ता हुँदै नाग्म र दैलेख सदरमुकामबाट महाबु, चिल्खाय, नाग्म हुँदै जुम्ला जोडने सडक निर्माण गरिएका हुन् । दैलेखबाट निर्माण गरिएका तीनवटा सडक कालीकोट र जुम्लाको सिमाना नाग्मसम्म जोडिने कालीकोट महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले बताए ।

“दैलेखका तीन ठाउँबाट कालीकोट जोड्ने सडक निर्माण भएका छन् । दैलेखतर्फको सडकखण्ड निर्माण भइसकको छ, अब कालीकोटतर्फको सडकखण्ड निर्माण हुन बाँकी छ”, उहाँले भन्नुभयो, “तीन ठाउँबाट सडक निर्माण भए सुर्खेतबाट कालीकोट र जुम्लाको सडक दूरीमा कमी आउनेछ । बाटो छोटो हुनेछ ।” सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै कालीकोटको नाग्म पुग्न २०० किलोमिटर र दैलेखका तीन स्थानबाट कालीकोट सडक जोडिएमा ६० किलोमिटर छोटो दूरी हुने काली शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले जानकारी दिए ।

“अहिले यी तीनवटै सडकमा काम चलिरहेको छ । कतिपय स्थानमा ग्राभेल, नाली र कालोपत्रको काम भइरहेको छ । केही ठाउँमा ठूला भिरमा चट्टान फोड्ने काम पनि जारी छ”, उहाँले भन्नुभयो, “कालीकोटमा दैलेखबाट सडक जोडिए छोटो दूरी कायम हुन्छ तर दैलेखमा सडक निर्माणको कामले तीव्रता पाएको भए पनि कालीकोटमा सडक निर्माणको काम सुस्त छ । सङ्घीय सरकार र प्रदेश सरकारले प्राथमिकतामा राख्न सकेका छैनन् ।”

दैलेखको सदरमुकाम हुँदै कालीकोटको महावै गाउँपालिका जोड्ने सडकको ११ किलोमिटरमा कडा चट्टान भेटिएको तथा कालीकोटको भैँसेगौडादेखि चिल्खाय हुँदै नाग्मसम्म आठ किलोमिटरमा चट्टान रहेको कालीकोट महावै गाउँपालिकाका अध्यक्ष सिंहले बताए । “यी चट्टान फोड्न सके सडक निर्माणको काम सहज हुनेछ”, उहाँले भन्नुभयो, “यस सडकको कालीकोटको भैँसेगौडाको तिला नदीमा पुल निर्माण भइरहेको छ । पुल निर्माण भए यो सडक सञ्चालनमा आउने छ तर स्तरोन्नतिको काम गर्न जरुरी रहेको छ ।”

कालीकोटमा दैलेखका तीन ठाउँबाट सडक निर्माण भएमा आर्थिक वृद्धि र रोजगारीमा टेवा पुग्ने कालीकोट शुभकालिकाका अध्यक्ष चौलागाईले बताए। “अहिले सेरी पान्तडीको सडक निर्माण भइरहेको छ । दैलेखबाट कालीकोट जोडिने सडक यसैमा जोडिने हुन्”, उहाँले भन्नुभयो, “यी सडक निर्माण भए कालीकोटको आर्थिक विकास, रोजगारी, व्यापारलगायतका सम्भावना बढेर जान्छन् ।”

 


Thali Mobile Pvt.Ltd.