भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

कुवेत जान लागेका १ सय २६ जना अध्यागमनबाटै फिर्ता

कुवेत जान लागेका १ सय २६ जना अध्यागमनबाटै फिर्ता

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा कुवेत जान लागेका एक सय २६ जना श्रमिकलाई फर्काइएको छ । अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलले कागजात शंकास्पद देखिएपछि उनीहरुलाई फर्काइएको हो । बुधबार बेलुकी ९८ जना र बिहीबार बिहान २८ जना गरी जम्मा एक सय २६ जनालाई कुवेत जानबाट रोकिएको र ती मध्ये अधिकांश महिला रहेका छन् ।

श्रम स्वीकृति लिएर गएका भए पनि अन्य कागजात शंकास्पद देखिएपछि उनीहरुलाई फर्काइएको विभागले जनाएको छ । एउटा देशमा जाने भनेर कागजात पेश गरिएको तर भिसा अर्कै देशको रहेको पाइएकाले फर्काएको हो ।

अध्यागमन विभाग र वैदेशिक रोजगार विभागले थप अनुसन्धान गरी यसरी श्रमिक पठाउने म्यानपावर कम्पनीमाथि थप कारबाही अगाडि बढाइने विभागले जनाएको छ ।
अध्यागमनले उनीहरुलाई घरेलु कामदारको रुपमा जान लागेको आशंका र घरेलु श्रमिकका रुपमा कुवेतमा जान नमिल्ने भएको छ ।

विभिन्न म्यानपावर कम्पनीहरुले झुटा विवरण पेस गरेर घरेलु कामदारमा पठाउन खोजेको भन्ने सूचनाका आधारमा अध्यागमनमा कडाइ गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.