भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

केन्द्रीय सदस्य अनिवार्य उपस्थित हुन दलित मुक्ति मोर्चाको अनुरोध

केन्द्रीय सदस्य अनिवार्य उपस्थित हुन दलित मुक्ति मोर्चाको अनुरोध

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चाले जेठ २७ गते बस्ने बैठकमा अनिवार्य उपस्थित हुन केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ । छैटौं राष्ट्रिय सम्मेलनबाट नवनिर्वाचित सम्पुर्ण केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन आग्रह गरेको मोर्चाका अध्यक्ष दलजित शेर्पालीले बताए ।

नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको वैशाख २३ र २४ गते सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनबाट शेर्पाली अध्यक्षमा चयन भएका हुन् । पूर्व खेलकुदमन्त्री समेत भइसकेका शेर्पाली दोस्रो कार्यकाल दलित मुक्ति मोर्चाको अध्यक्ष चयन भएका हुन् ।

दोस्रो संविधान सभा (२०७०) को चुनावमा शेर्पाली समानुपातिक सांसद भएपछि मन्त्री हुने अवसर पाएका थिए । शेर्पालीको अध्यक्षमा १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ ।

 


Thali Mobile Pvt.Ltd.