भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

केन्द्रीय समितिको एजेण्डा तय गर्न माओवादी पदाधिकारी बैठक बस्दै

केन्द्रीय समितिको एजेण्डा तय गर्न माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

हिजो अपराह्नका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित भएपछि आजका लागि बोलाइएको हो ।

माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

आगामी बुधबारबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो ।

पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

 


Thali Mobile Pvt.Ltd.