भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘कोभिड–१९’ को संक्रमण रोक्न अल्लोको मास्क उत्पादन

‘कोभिड–१९’ को संक्रमण रोक्न अल्लोको मास्क उत्पादन

दाङ । बजारमा मेडिकेटेड मास्कको अभाव हुन थालेपछि कोरोना भाइरसको सङ्क्रमण रोक्न दाङमा मास्क बनाउन थालिएको छ । सदरमुकाम घोराहीमा अल्लोको मास्क बनाउन थालिएको हो ।

प्रतिमास्क ८० रुपैया निर्धारण गरिएको उत्पादकले बताएका छन् । मास्कलाई स्यानेटाइजर गरेर पुन प्रयोग गर्न सकिने भन्दै अल्लोको मास्क निर्माण गरेर बजारमा ल्याइएको छ ।

बजारमा मास्कको अभाव भएको भन्दै स्थानीयस्तरमा समेत मास्कको उत्पादन थालिएको हो । यसले स्थानीयस्तरमा मास्कको अभाव नहुने मास्क उत्पादकले बताएका छन् ।

चिनारी महिला साझेदारी अल्लो उद्योगले साे मास्क निर्माण गरेर बजारमा ल्याएको हो । हालसालै उत्पादन शुरू गरेकाे अध्यक्ष प्रेमकुमारी पुनले बताइन् । 

 


Thali Mobile Pvt.Ltd.