कोरोनाविरुद्धको अतिरिक्त खोप आजबाट दिन सुरु

कोरोनाविरुद्धको अतिरिक्त खोप आजबाट दिन सुरु

काठमाडौं । कोरोना विरुद्धको अतिरिक्त खोपको मात्रा सरकारले आजबाट दिन सुरु गरेको छ । केन्द्रबाट अतिरिक्त डोज दिन सुरू गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक, जुनसुकै खोप लगाएका दीर्घरोगीलाई थप एक मात्रा खोप दिन सुरु गरिएको सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी पोजेटिभ भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीहरुले अतिरिक्त खोप पाउने उनको भनाइ छ ।

खोप लगाउन पुरानो खोप कार्ड र आफ्नो स्वास्थ्य उपचार गरेको कागजात लिएर खोप केन्द्रमा आउँन मन्त्रालयले अनुरोध गरेको छ ।

ओमिक्रोन भेरियन्ट संक्रमणलाई मध्यनजर गर्दै सरकारले अतिरिक्त खोप दिने निर्णय गरेको हो । सबैले अनिवार्य खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.