भर्खरै : Sorry, your browser does not support inline SVG.

खोला तर्न लाग्दा आमा, छोरी, छोरासहित चार जनाको मृत्यु

खोला तर्न लाग्दा आमा, छोरी, छोरासहित चार जनाको मृत्यु

३२ साउन २०७७ अछाम । खोलाले बगाएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका–९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् । उनीहरुको खोला तर्ने क्रममा शनिबार साँझ बगेर मृत्यु भएको अछाम प्रहरीले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.