भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकामा निगरानी गर्न कर्मचारी परिचालन

भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकामा निगरानी गर्न कर्मचारी परिचालन

३२ साउन २०७७ भक्तपुर । कोभिड १९ को संक्रमण समुदायस्तरमै फैलिँदै गएको अवस्थालाई मध्यनजर गर्दै भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकामा कडाइ गरिएको छ । विवरण संकलन र आवश्यक निगरानीका लागि भदौ १ गतेदेखि कर्मचारी खटाउने नगरपालिकाले जनाएको छ ।

भक्तपुर नपा पर्यटक सेवा केन्द्रका कर्मचारीबीच आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा नगर प्रमुख सुनिल प्रजापतिले संसारका ठूला र शक्तिशाली देश समेत कोरोनाको महामारी नियन्त्रण गर्न असफल भइरहेको विषम् परिस्थितिमा नेपालमा ‘महामारी फैलिन’ अघि नै समाजलाई जोगाउन सचेतना कार्यक्रम र व्यक्तिगत सुरक्षा अपनाई यो रोगको संक्रमणबाट जोगिन आवश्यक भएको बताए ।

कोभिड १९ को महामारी नियन्त्रणमा समाजवादी देश र पुँजीवादी देशबीच भिन्न–भिन्न अनुभव रहेको बताउदै प्रमुख प्रजापतिले समाजवादी देशहरुका सरकार जनताप्रतिको जिम्मेवारीबोधका कारण कोभिड १९ को संक्रमण नियन्त्रण गर्नमा सफलता प्राप्त गरेको बताए ।

बैठकमा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र पर्यटक सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले आ–आफ्नो धारणा राखेका थिए । नगर प्रवेश गर्ने मुख्य नाका सल्लाघारी—नगरकोट सडक, कासान पुल, वन्ती, यातुमहादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, नाला सडक, थुसाचा, हनुमानघाट, भेलुखेल, राममन्दिर, बाराही र दूधपाटी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.