३२ साउन २०७७ काठमाडौं । नेपालमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित कोरोना संक्रमित हुनेको संख्या २६ हजार ६६० जना पुगेको छ । नेपालमा हालसम्म १७ हजार ३३५ उपचारपछि निको भएका छन् भने नेपालमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
उपत्यकामा १७२ संक्रमित
काठमाडौं उपत्यकामा आइतबार १७२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १९६७ पुगेको छ। काठमाडौंमा १५६७, ललितपुरमा २६८ र भक्तपुरमा १३२ संक्रमित पुष्टि भएका छन् ।
भिडियाे हेर्नुहाेस्…
https://www.facebook.com/Kailashkhabarnews/videos/676364803230129/
जिल्लागत विवरण
एपीएफ अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३, भरतपुर अस्पतालमा चितवनका २७ र मोरङका १, भेरी अस्पताल नेपालगञ्जमा बाँकेका १०, बर्दियाका २ र दाङका १ जनामा कोरोना भेटिएको छ। बिध ल्याब प्रयोगशाला ललितपुरमा काठमाडौंका ६, ललितपुरका १, मोरङका ६ र पर्साका २, बि एण्ड बि अस्पतालमा ललितपुरका १, धुलिखेल अस्पतालमा पर्साका ११ जनामा कोरोना पुष्टि भएको हो । गजेन्द्र नारायण सिंह अस्पतालमा सप्तरीका ११ र सिरहाका २, ह्याम्स अस्पतालमा भक्तपुर, धनुषा, कञ्चनपुरका १/१, काठमाडौंका १९, ललितपुर र नुवोकाटका १/१, पर्साका २ र सिन्धुलीका १ जनामा कोरोना पाइएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्ला र रुकुम पश्चिमका १र१, कोशी अस्पतालमा इलामका १, मोरङका ७३, सिरहा र सुनसरीका १र१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । यस्तै, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलवस्तुका १, नवलपरासी पश्चिम र रुपन्देहीका ३/३, नारायणी अस्पताल वीरगञ्जमा बाराका १, पर्साका ४६, नेपाल कोरियामैत्री अस्पतालमा काठमाडौंका ४, पर्सा र सर्लाहीका १/१ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका ६५, काठमाडौंका १७ र रौतहटका १३, नेसनल प्याथ लयाब रुपन्देहीमा नवलपरासी पश्चिमका १ र रुपन्देहीका २८, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ५ र तनहुँका ४ जना रहेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भक्तपुरका १, धनुषाका ३, काठमाडौंका ९, ललितपुरका २७, महोत्तरी, मकवानपुर र सुनसरीका १र१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा बाराका १ र मोरङका २० जनामा कोरोना पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ३२, महोत्तरीका ७ र रौतहटका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका १, नवलपरासी पश्चिमका २ र रुपन्देहीका २७ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशमा बागलुङका १, कास्कीका ६, नवलपरासी पूर्वका २, पर्वत, पर्सा र तनहुँका १र१, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ३ र रोल्पाका २, सेती प्रादेशिक अस्पतालमा कैलालीका ९ र कञ्चनपुरका ४ जनामा कोरोना पाइएको छ । सुरिया ल्याबमा बारा र झापाका १र१, काठमाडौंका ६, स्टार अस्पताल सानेपामा बाराका १, भक्तपुरका २, धनुषाका १, काठमाडौंका ९ र ललितपुरका ६, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भक्तपुरका १, काठमाडौंका २४, ललितपुरका २ र सर्लाहीका १ जनामा कोरोना भेटिएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बर्दियाका १, भक्तपुरका ३, कैलालीका २, काठमाडौंका २९, लमजुङका १, नवलपरासी पश्चिमका २ र पर्सा र ताप्लेजुङका १र१ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार २ सय ४७ जनाको पिसिआर परीक्षण भएको छ । कुल संक्रमितमध्ये ९ हजार २ सय २१ संक्रिय संक्रमित छन् । देशभर हाल १५ हजार २ सय ४३ जना रहेको मन्त्रालयले जनाएको छ ।
होम आइसोलेसनमा
देशभर हाल ५ सय ३ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन् । गण्डकी प्रदेश बाहेक ६ वटा प्रदेशमा ५ सय ३ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सबैभन्दा धेरै प्रदेश ५ मा १ सय ८१ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै बागमती प्रदेशमा १ सय ११, प्रदेश २ मा ९८, प्रदेश १ मा ९३, सुदूरपश्चिम प्रदेशमा १२ र कर्णाली प्रदेशमा ८ जना होम आइसोलेसनमा रहेका मन्त्रालयको तथ्यांक छन् ।
केसीको अनसन स्थगित
चिकित्सा शिक्षाा सुधारका अभियान्ता डा गोविन्द केसीले आजबाट बस्ने भनेको अनसन १० दिन स्थगन गरेका छन् । डा केसीले ३ हप्ताको अल्टिमेटम दिँदै आइतबारबाट अनसन सुरु गर्ने चेतावनी दिएका थिए । कोरोना महामारी, बाढी पहिरो जस्ता विपत्तिप्रति संवेदनशील हुँदै अनसनको कार्यक्रम १० दिनका लागि स्थगन गरेको जानकारी दिएका हुन् ।
