भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

ख्वप कलेज पत्रकारिताका विद्यार्थी सञ्चारग्राममा

ख्वप कलेज पत्रकारिताका विद्यार्थी सञ्चारग्राममा

काठमाडौं । ख्वप मावि देकोचा भक्तपुरमा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीले सोमबार काठमाडौंस्थित सञ्चारग्रामको अवलोकन भ्रमण गरेका छन् । एयरपोर्ट नजिक रहेको सञ्चारग्राममा रहेका प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको उनीहरुले अवलोकन भ्रमण गरेका हुन् । भ्रमणमा कक्षा १२ का दुर्जन विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण वस्नेतले पत्रकारिता मर्यादित हुनुपर्नेमा जोड दिए ।

त्यसैका लागि काउन्सिलले आचारसंहिता बनाउनेदेखि त्यो आचारसंहिता कार्यान्वयन भएको छ कि छैन भनी अनुगमन गर्ने काम निरन्तर गरिरहेको उनले बताए । आचारसंहिताको पालना नगर्ने सञ्चारमाध्यम पत्रकारलाई सचेत पार्ने काम पनि गर्दै गरेको उनले बताए । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिलको इतिहासवारे चर्चा गर्दै उसले गर्दै आएका काम, कर्तव्य अनि अधिकारबारे विद्यार्थीलाई जानकारी गराए । त्यस अवसरमा उनले पत्रकार मर्यादित भए पत्रकारिता मर्यादित हुने बताए ।

यसैगरी नेपाल पत्रकार महासंघको भ्रमणमा महासंघका सचिव अमृता अर्यालले पत्रकारिताको भविप्य सुनौलो रहेको बताइन् । मिहेनत गर्नेहरुका लागि पत्रकारिता एउटा उचित पेशा भएको भन्दै पत्रकारले इमान्दारितापूर्वक काम गर्नुपर्ने खाँंचो औल्याइन् । कार्यक्रममा पत्रकारिता शिक्षक कृष्ण किसीले पत्रकारलाई व्यवहारिक ज्ञान दिन नियमित भ्रमण गराउने कार्यक्रम अन्तर्गत सञ्चारग्रामको भ्रमण गराएको बताए । अवलोकन भ्रमणको क्रममा विद्यार्थी दुवै कार्यालयका विभिन्न कामहरुकोबारेमा अवलोकन गरेका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.