गठबन्धनको निर्णय सकारात्मक छः प्रमुख निर्वाचन आयुक्त

गठबन्धनको निर्णय सकारात्मक छः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । स्थानीय निर्वाचन सम्बन्धी गठबन्धनको निर्णय अत्यन्त सकारात्मक रहेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताएका छन्। शनिबार बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको निर्णय सकारात्मक रहेको थपलियाले प्रतिक्रिया दिए ।

उनले भने “यो निर्णय अत्यन्त सकारात्मक छ, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ अनुसार सरकारलाई अब सुझाव दिन्छौं।”
आवश्यक परामर्श गरेर स्थानीय तहको उपयुक्त मिति प्रस्ताव गर्न सजिलो भएको थपलियाले बताए ।

आयोगले यसअघि आगामी १४ र २२ वैशाखमा चुनाव गर्न सुझाव दिएको थियो। गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले आगामी जेठभित्रै निर्वाचन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

स्थानीय तह निर्वाचन ऐन अनुसार २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिको म्याद ५ जेठ २०७९ मा समाप्त हुँदै छ । संविधान र प्रचलित कानूनले स्थानीय तह एक दिन पनि रिक्त नहुने व्यवस्था गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.