काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रोल्पा पुगेर गठबन्धन बलमा चुनाव नलड्ने बताएका छन् । विषेश राजनीतिक परिस्थितिमा गठबन्धन बनेको जिकिर गर्दै प्रचण्डले गठबन्धन भत्काउन देशी विदेशी शक्ति लागिपरेको औल्याए ।
आफ्नै पार्टीको तागतमा चुनावमा जाने र परिणाम आफ्नै पक्षमा पार्ने दावी गरे । उनले भने, ‘गठबन्धनको बलमा होइन, आफ्नै पार्टीको तागतमा स्थानीय चुनाव लड्ने हो । लामो समयको अन्तरालमा रोल्पा पुगेका प्रचण्डले आवाश्यक्ताका आधारमा तालमेल गरिने बताए ।
यसैबीच पूर्वसभामुख कृष्णबहादुर महराले देश सम्पूर्णरुपमा चुनावमा गएको बताए । उनले गठबन्धन अहिलेको आवाश्यक्त रहेको बताए । महानगर, उपमहानगर र जिल्लाका सदरमुकाममा रहेका स्थानीय तहमा गठबन्धन र तालमेल गर्दा राम्रो हुने तर्क उनको छ ।
जनयुद्धको तयारी, आधार क्षेत्र रोल्पालाई बनाएको र अन्तिम समयमा दुई वर्ष रोल्पामा बसेको स्मरण गरेका प्रचण्डले सात वर्षपछि रोल्पा आउँदा खुसी लागेको बताए । हेलिकोप्टरबाट प्रचण्डले सीता स्मृति पार्कको अवलोकन गरे ।
