भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

गोरखाबाट जितेर विश्वलाई देखाउँछुः प्रचण्ड

गोरखाबाट जितेर विश्वलाई देखाउँछुः प्रचण्ड

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट जितेर संसारलाई देखाउने बताएका छन् ।

गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’मा बोल्दै उनले यस्तो बताएका हुन् ।गोरखामा रेकर्डसहित विजय गराउन जनता आतुर भएको बताए ।

उनले रेकर्डसहित जितेको नेता भनेपछि केन्द्रमा भूमिका खेल्ने शक्ति आर्जन हुने उल्लेख गरे। चुनाव जितिहालिन्छ भन्नेर ढुक्कसँग बसेको भन्दै कार्यकर्तालाई थप जोड दिन निर्देशन दिए । एक–एक मतको संरक्षण गर्न र मतलाई मतपेटिकासम्म पुर्‍याउन ध्यान दिन जरुरी रहेको बताए ।

मनोनयन दर्ता गर्न जाँदा बाजा बजाएको सम्बन्धमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको उल्लेख गरे। अध्यक्ष दाहालले एकताको सन्देश दिन आफू गोरखामा चुनाव लडेको जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.