भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

घोडाले पर्यटक बोक्न थाले, प्यारीबाराही ताल परिसरमा तबेला बनाइयो

घोडाले पर्यटक बोक्न थाले, प्यारीबाराही ताल परिसरमा तबेला बनाइयो

काठमाडौं । एक ठाउँको सामान अर्को ठाउँ पु¥याउन घोडाको विकल्प थिएन । घोडा चढ्नु र पाल्नु व्यक्तिको आर्थिक, सामाजिक हैसियत र प्रतिष्ठासँग जोडिने समय थियो । अझ कतिपय ठाउँमा वाहेक केहि बर्ष अघिसम्म यातायातको साधनका रुपमा अधिकाँश ठाउँमा घोडाको प्रयोग हुने ख्न सक्छौं ।

लगभग अहिले सबै ठाउँमा सडक विस्तारसँगै घोडा विस्थापित हुदै गएका छन् । घोडामा चढ्ने र सामान ढुवानी गर्ने चलन अहिले घट्दै गएको छ । तर पछिल्लो समय घोडाको प्रयोग फरक तरिकाले भइरहेको छ । जसले आमदानीको स्रोत वृद्धि भइरहेको छ ।

फेरिएको जीवनशैली मध्यको एक हो अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको । पहिले पहिले सामान ढुवानी गर्न प्रयोग हुने घोडा आजभोलि यहाँ पर्यटकलाई गन्तब्यमा पु¥याउनका लागि प्रयोग हुन थालेको छ । घोडाको माग बढ्न थालेसैगै यहाँको दिन चर्या बदलिन थालेको छ । घोडा चढेर यात्रा गर्न पर्यटकले रुचाएपनि दिनचर्या बदलिन थालेको हो ।

घोडेपानीदेखि घान्द्रुक र नयाँपुलदेखि घोडेपानी आवतजावत गर्ने पर्यटकलाई घोडा नै चढेर जाने रुची बढेपछि यहाँका व्यवसायीको आयआर्जन गर्ने माध्यम बनेको छ । घोडेपानीका छ वटा होटलले पर्यटकलाई चढाउनकै लागि २५ घोडा पालेका छन् । पर्यटकलाई घोडामा चढाएर घोडेपानीदेखि घान्द्रुक पु¥याएको १५० डलर शुल्क तोकिएको छ । यति भएपछि पर्यटक पनि मख्ख छन् ।

कोही कोही पर्यटकले ५००, ६०० डलर तिरेर दुई तिन दिनसम्मका लागि घोडा भाडामा लिएर घुम्न जाने गरेका छन् । हेलिकप्टर जान नसक्ने ठाउँमा घाइते भएका र फसेका पर्यटकको उद्धारमा पनि घोडा प्रभावकारी बनेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए । वाह्य पर्यटक मात्रै होइन आन्तरिक पर्यटक पनि रमाइलोका लागि घोडा चढ्ने गरेको उनको भनाइ छ ।

पर्यटकका लागि पुनले छ वटा घोडा पालेका छन् । घोडेपानीका साथै कास्कीको पर्यटकीयस्थल घान्द्रुकबाट छोमरोङ, अन्नपूर्ण आधार शिविरतर्फ जाने पर्यटकले पनि घोडाको प्रयोग गरिरहेको घोडा व्यवसायी अमित गुरुङले बताए । घान्द्रुकमा घोडा चढेबापत प्रतिदिन १०० देखि ११० डलर शुल्क तोकिएको छ ।

पर्यटक बोक्न घोडालाई भ्याइनभ्याइ हुने गरेको व्यवसायीको भनाइ छ । घोडचढीप्रति पर्यटकको रुचि र आकर्षण बढेपछि घोडेपानीदेखि प्यारीबाराही तालसम्म जोड्ने घोडा मार्ग बनाइएको छ । जङ्गलभित्र घोडा चढेर आवतजावत गर्न मिल्ने तीन किलोमिटर घोडामार्ग र प्यारीबाराही ताल परिसरमा तबेला बनाइएको घोडेपानीका होटल व्यवसायी सुशील पुनले बताए ।

 


Thali Mobile Pvt.Ltd.