भर्खरै : Sorry, your browser does not support inline SVG.

चरित्र हत्या र मानहानी विरुद्ध वडाअध्यक्षले न्यायिक बाटो खोज्दै

चरित्र हत्या र मानहानी विरुद्ध वडाअध्यक्षले न्यायिक बाटो खोज्दै

काठमाडाैं । ठाँटीकाध गाउँपालिका वडा नंं. २ का वडा अध्यक्ष रुपलाल विश्वकर्माले आफ्नो चरित्र हत्या गरेको भन्दै खण्डन गरेका छन् ।

संलग्नता नरहेको विषयमा  हिमबहादुर शाहीले आफ्नो नाम जोडी सामाजिक सञ्जालमा पोष्ट गरेर चरित्र हत्या र मानहानी गरेकाले सत्य तथ्य छानवीन गर्न प्रहरी चौकी ठाटीकाँधमा निवेदन दिएको र संचारमाध्यमलाई सत्यकुरा बाहिर ल्याइदिन विश्वकर्माले आग्रह गरेका छन् ।

रुपलालले विज्ञप्ती निकालेर चरित्र हत्या र मानहानी गरेकाले कानुनी उपचारमा लाग्ने बताएका छन् । सामाजिक संजालमा आफ्ना विषयमा लेखिएका सम्पुर्ण आरोपहरु झुटो रहेको स्पष्ट पारेका छन् ।

विश्वकर्माले भने, ‘सत्य, तथ्य छानवीनको लागि यसै सामाजिक संजाल फेस्बुक मार्फत प्रारम्भमा ठाडो निवेदन प्रहरी चौकी ठाटीकाँधमा पेश गरेको छु। मेरो आशय कसैलाई दुःख दिने होइन, तर मलाई दुराग्रही र प्रतिशोदको भावनाले मेरो चरित्र हत्या र मानहानी गर्ने नियतले जुन कुरा आयो यश प्रति दुःख व्यक्त गर्दै सम्पूर्ण सामाजिक संजालमा जोडिनु हुने मेरा शुभेच्छुक, शुभचिन्तक मित्रजनलगायत सरोकार पक्ष, पत्रकार साथीहरू सेवागाह्री सबैमा यसै सामाजिक संजालमार्फत जानकारी गराउन चहान्छु।’
यस्ताे छ खण्डन पत्रः

Rup bigepti

 

 


Thali Mobile Pvt.Ltd.