भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

चाँगुनारायणलाई एभोकाडो सिटी बनाउने अभियान अन्तर्गत न्याचो पौवा सहिद बस पार्कमा एभोकाडो वितरण

चाँगुनारायणलाई एभोकाडो सिटी बनाउने अभियान अन्तर्गत न्याचो पौवा सहिद बस पार्कमा एभोकाडो वितरण

भक्तपुर । चाँगुनारायण नगरपालिकालाई एभोकाडो सिटी बनाउने अभियान अन्तरर्गत वडा नं.४ न्याचो पौवा सहिद बस पार्कमा एभोकाडो वितरण गरिएको छ । बाग्मती प्रदेश सांसद दिवाकर श्रेष्ठको उपस्थितिमा स्थानीयलाई एभोकाडो लगायत अम्बा र कपुरका विरुवा वितरण गरिएको हो ।

आज विहान वडा अध्यक्ष रोज बहादुर तामाङ, प्रहरी, अभियान्ता र स्थानीयकाे उल्लेख्य सहभागितामा विरूवा वितरण गरिएकाे हाे । अभियान्ताहरुले एभोकाडोका ५००, अम्बाका १०० र कपुरका १०० गरि जम्मा ७०० वटा बिरुवाहरू वितरण गरिएकाे अभियान्ता रामकुमार तामाङले बताए ।

एभोकाडो वितरण कार्यक्रममा बोल्ने वक्ताहरूले चाँगुनारायण एभोकाडो सिटी बनाएरै छाड्ने धारणा व्यक्त गरेकाे अभियान्ता अन्जना पाेखरेलले बताइन् । उनका अनुसार उज्यालाे हुने बित्तिकै अभियान्ताहरू स्थानीयकाे घर घरमा पुग्छन् र विरूवा वितरणमा व्यस्त रहन्छन् ।

अभियान सफल बनाउन स्थानीयकाे ठूलाे हात रहेकाे अभियान्ता बताउँछन् । अभियान सुरूभएपछि चाँगुनारायण नगरपालिकाका प्रत्येक घरपरिवारले अहिले एभोकाडो लगाउन थालेका छन् । प्रतिघर दुईवटा एभोकाडोको विरुवा त्यो पनि निःशुल्क वितरण भइरहेको छ ।

तीन वर्षसम्म निरन्तर अभियान सञ्चालन गरी चाँगुनारायण सिटीलाई एभोकाडो सिटीमा रुपान्तरण गरिछाड्ने अभियान्ताहरुकाे अठाेट छ । बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जमरकट्टेलका राजनैतिक सल्लाहकार डि.पी. ढकालकाे परिकल्पनामा याे अभियान थालिएकाे संयोजक नरेश खड्काले कैलाश खबरलाई बताए ।

ढकाल यस अभियानकाे मुख्य संरक्षकसमेत रहेका छन् । चाँगुनारायणबासीको आय आर्जनमा टेवा पुर्याउने उदेश्यले अभियानकाे थालनी भएको  सहभागि बताउँछन् । पर्यटकीय गन्तव्यका रुपमा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर क्षेत्र एभोकाडो सिटीका रुपमा पहिचान बनाउन सफल हुने विश्वास लिएका छन् ।

नगरपालिकाको हेलमेटडाँडाबाट सुरुगरेको अभियान आज न्याचो पौवा शहिद पार्कसम्म पुगेकाे छ । ताथली, मिश्राटार, दुवाकोटहुदै नगरपालिका क्षेत्रभित्रका १७ हजार छ सय ८३ घरपरिवारमा वृहत एभोकाडो बिरुवा रोपिने योजना रहेको अभियान्ता रामकुमार तामाङ बताउँछन् ।

अभियानमा सबै स्थानीयको पहुँच र सहभागिता रहने भएकाले अबकाे तीन वर्षभित्र शहर हराभरा हुने र सबैले एभाेकाडाेकाे स्वादमा रमाइरहेकाे देख्न सकिने विश्वास लिएकाे यसक्षेत्रका साँसद बताउछन् ।

तस्वीरमा….

 


Thali Mobile Pvt.Ltd.