भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

चार तला माथिबाट खसेर भक्तपुरमा किशोरको मृत्यु

चार तला माथिबाट खसेर भक्तपुरमा किशोरको मृत्यु

भक्तपुर । घरको चार तलामाथिबाट खसेर एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ मध्यपुरठिमी नगरपालिका–६ मिलरोडस्थित एक घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको हो ।

भुवन श्रेष्ठको घरमा उनका १७ वर्षीय छोरा भूमिनलाल खसेर गम्भीर घाइते भएका थिए ।

भूमिनलालको उपचारको लागि नागरिक अस्पताल ठिमी लगिएको थियो ।

त्यहाँ उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए ।

थप अनुसन्धान प्रहरी वृत्त ठिमीले गरिरहेको छ।

 


Thali Mobile Pvt.Ltd.