भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा अहिलेसम्म ४१ वटा हात्ती जन्मिए

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा अहिलेसम्म ४१ वटा हात्ती जन्मिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन केन्द्रमा अहिलेसम्म ४१ वटा हात्ती जन्मिएका छन् । निकुञ्जमा विसं २०४४ सालमा स्थापना भएको हात्ती प्रजनन केन्द्र खोरसोरमा अहिलेसम्म ४१ वटा हात्ती जन्मिएका हुन् ।

खोरसोरमा रहेका ५५ वटा हात्तीमध्ये पाँच वटा विदेशबाट ल्याइएका हुन् भने अन्य नेपालमा नै जन्मिएका हुन् । राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भारतबाट ल्याइएका चार वटा र थाइल्याण्डबाट ल्याइएका एउटा हात्ती अहिले खोरसोरमा रहेका छन् ।

नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई, सर्लाहीबाट चार र कोशीटप्पुबाट तीन वटा हात्ती ल्याइएको उहाँले बताउनुभयो । त्यसभन्दा अघि देखिका हात्ती अहिले खोरसोरमा रहेका उहाँले बताउनुभयो । निकुञ्जको खोरसोरमा रहेका हात्तीमध्ये अहिले चार वटा वृद्धावस्थाका रहेका छन् भने अन्य एक वर्षदेखि माथिका रहेका छन् ।

तत्कालीन समयमा राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिएका हात्ती निकुञ्जमा रहेका उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो,खोरसोर स्थापना हुनुअघि राजपरिवार सिकार खेल्न आउँदा प्रयोग गरिने हात्ती यहाँ छन् । यहाँ रहेका हात्तीमध्ये ३२ वटा भाले र २३ वटा पोथी हुन् । निकुञ्ज सुरक्षार्थ हात्तीको प्रयोग गर्ने गरिन्छ । जीप जान नसक्ने ठाउँमा हात्तीमा चढेर गस्ती गर्ने गरिन्छ ।

 


Thali Mobile Pvt.Ltd.