भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

चितुवाको त्रास बढ्यो

चितुवाको त्रास बढ्यो

दमौली, । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादी डुम्रिडाँडामा चितुवाको त्रास बढेको छ । रातिको समयमा घरआँगनमै चितुवा आएर घरपालुवा बस्तुभाउ मार्न थालेपछि स्थानीयवासी त्रस्त भएका हुन् । चितुवाले स्थानीय शम्शेर परियारको गोठमा बाँधिराखेको बाख्रा मारेको छ । घरसँगै रहेको गोठमा आएर चितुवाले आक्रमण गरेपछि स्थानीयवासी त्रस्त भएको नवराज मिश्रले जानकारी दिए । “राति–राति चितुवा घरआँगनमै आउन थालेपछि त्रास बढेको छ,” उहाँले भन्नुभयो, “रातिको समयमा घर बाहिर निस्कने अवस्था नै छैन ।”बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा पनि स्थानीयवासी सीता भट्टराईले पालेको गाईको बाच्छी चितुवाले मारेको छ ।

चितुवाको त्रासले रातको समयमा एक्लै घर बाहिर निस्कने डर हुने गरेको स्थानीयवासी बताउछन् ।आहाराको खोजीमा चितुवा घर आँगनमा आउने गरेको छ । जिल्लाका विभिन्न ठाउँमा विगत केही वर्षदेखि चितुवाको त्रास हुँदै आएको छ । आँबुखैरेनी, भानु, बन्दीपुरलगायत क्षेत्रमा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुनाका साथै केही घाइते भएका थिए । वन क्षेत्रमा झाडी बढ्दै गएकाले चितुवाको बासस्थान पनि बढेको र अहिले चितुवाकोे प्रजननको समय भएकाले यसले मानिस र अन्य जनाबरमाथि आक्रमण गर्न सक्ने जनाउँदै डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट सचेत र सतर्क रहन आग्रह गरेको छ ।जङ्गल फँडानी गरेर बस्ती बसाल्ने र जङ्गली जनावर मारेर खाइदिने गरेकाले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ ।

डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भन्नुभयो,“चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सके यसबाट बच्न सकिन्छ ।” वनजङ्गलमा पाइने जीवजन्तु मानिसले सिकार गरेर खाइदिने गरेका कारण पनि चितुवाले बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेको छ । चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुनथालेको उहाँले बताउनुभयो । कार्यालयले चितुवाबाट बच्नका लागि घरगोठ उज्यालो बनाउन, र गोठ बलियो निर्माण गर्न सुझाउँदै आएको छ । विसं २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार जना बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन् ।

 


Thali Mobile Pvt.Ltd.