भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

चैनपुर केन्द्रविन्दु भएर आएको भूकम्पका कारण छ जना घाइते

चैनपुर केन्द्रविन्दु भएर आएको भूकम्पका कारण छ जना घाइते

बझाङ । मङ्गलवार दिउँसो चैनपुर केन्द्रविन्दु भएर आएको भूकम्पका कारण छ जना घाइते छन् । भूकम्पका कारण बझाङमा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ । भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा गाडी आवतजावत रोकिएको प्रहरीले जनाएको छ ।

सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायण पाण्डेयले आफूहरु भूम्कपबाट भएको क्षतिबारे विवरण लिने क्रममा रहेको बताए । मंगलबार दिउँसो ३ बजेर ६ मिनेट बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 


Thali Mobile Pvt.Ltd.