भर्खरै : Sorry, your browser does not support inline SVG.
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना |

चोरी शिकार नियन्त्रणमा युवाको भूमिका महत्वपूर्ण

चोरी शिकार नियन्त्रणमा युवाको भूमिका महत्वपूर्ण

नवलपुर । चोरी शिकार नियन्त्रणका लागि युवाको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । ‘वन र जीविकोपार्जन पृथ्वीमा दिगो जीवनको आधार’ भन्ने नारासहित मनाइएको विश्व वन्यजन्तु दिवसका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले समुदायमा हुने वन्यजन्तु चोरी शिकारलाई नियन्त्रण गर्नका लागि युवाहरु सक्रिय हुनुपर्नेमा जोड दिए ।

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को देवचुली नगरपालिकामा आयोजित कार्यक्रममा सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले वनजङ्गल र जैविक विविधतालाई संरक्षण गरी उचित मात्रामा प्रयोग गर्नसके दिगो जीविकोपार्जन गर्न सकिने बताउनुभयो । उहाँले वन्यजन्तु मुलुकको महत्वपूर्ण निधि भएको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । भावी सन्ततिलाई देखाउनका लागि पनि वन र वन्यजन्तुको संरक्षण गर्नुपर्ने आजको आवश्यकता रहेको पाण्डेले बताउनुभयो ।

समुदायमा आधारित वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष ढुण्डीराज केसीले चोरी शिकारीमा संलग्न ४० वर्षमुनिका हुने गरेको बताउनुभयो । उहाँले चितवन राष्ट्रिय निकुञ्जको अपराध अनुसन्धान शाखाबाट प्राप्त भएको तथ्याङ्कअनुसार पक्राउ परेकामध्ये ९० प्रतिशत मानिस ४० वर्षमुनिका भएको बताउनुभयो ।

आपराधिक गतिविधिमा संलग्न हुने युवाको समूह धेरै भएको भन्दै केसीले युवालाई संरक्षण शिक्षा प्रदान गरेर परिचालन गरेमा चोरी शिकारी नियन्त्रण गर्न सकिने बताउनुभयो । केही दिन पहिले मात्रै चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एक सिङ्गे गैँडा मारेको अभियोगमा जिल्लाका विभिन्न स्थानबाट अरोपी पक्राउ गरेको थियो । जिल्लाबाट पक्राउ परेका सबै आरोपित ४० वर्षभन्दा कम उमेरका थिए ।

विश्व वन्यजन्तु दिवसमा नदी किनार सरसफाइ

विश्व वन्यजन्तु दिवसको अवसरमा जिल्ला सदरमुकाम कावासोतीस्थित नारायणी नदी किनार सरसफाइ तथा विविध कार्यक्रम गरिएको छ । मानवीय कारणले वन्यजन्तुको वासस्थान सङ्कटमा परेको भन्दै वन्यजन्तु संरक्षणका लागि नारायणी नदी किनार सरसफाइका साथै वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकनसमेत गरिएको थियो । नारायणी नदी किनारसँगै कावासोती नगरपालिकाको मध्यवर्ती सामुदायिक वनअन्तर्गत पर्ने शान्तिकुञ्ज नमूना वन तथा कृष्णसार वन परिसरमा समेत सरसफाइ गरिएको थियो ।

चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष केवलप्रसाद चौधरीले वनजङ्गल क्षेत्रमा बढ्दै गएको प्रदूषण र दूषित पानीका कारण वन्यजन्तुको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको बताउनुभयो । कार्यक्रममा कावासोती नगरपालिका–१३ का वडाध्यक्ष विनोद रानाले जथाभावी फोहोर फालिँदा ती फोहर वन्यजन्तुले खाएर बिरामी पर्ने गरेका बताउनुभयो । प्लाष्टिक तथा बोतल जथाभावी फाल्नाले वन्यजन्तुले खाने तथा सिसा फुटेर वन्यजन्तुको खुर तथा खुट्टामा घाउ हुने उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको लामिचौर उपभोक्ता समिति मातहतको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान, जटायु रेष्टुराँ व्यवस्थापन समिति, कृष्णसार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा कार्यक्रम गरिएको थियो ।

सरसफाइ तथा चेतनामूलक कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जको लौखानी रेन्जपोष्टका प्रमुख सुशील झा, कृष्णसार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भेषराज महतोलगायत वन समितिका पदाधिकारीले संरक्षणका बारेमा धारणा राख्नुभएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.