जहिले प्रतिनिधिसभाको बैठक पुनः १० दिन पछि सर्‍यो

जहिले प्रतिनिधिसभाको बैठक पुनः १० दिन पछि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आइतबारका लागि बोलाइएको बैठक पुनः १० दिन पछि सरेको छ । माघ १६ गते आइबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी माघ २६ गते दिउँसो १ बजेका लागि १० दिन पछि सारिएको हो ।

कोरोना महामारीको संक्रमणको जोखिम यथावत रहेकाले आइतबारको लागि बोलाइएको बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० दिन पछि सारेको संघीय संसद सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.