भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको घोषणासंगै सरकार दबाबमा

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको घोषणासंगै सरकार दबाबमा

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको घोषणासंगै चौतर्फि दबाबमा सरकार परेको छ । पछिल्लो समय संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न निर्देशन दिएपछि सरकार झन दबाबमा परेको हो । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनको मूल्यमाथि प्रहार गरेको भन्दै सम्बद्ध निकायले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्न दबाब दिइरहेका छन् ।

संविधानबमोजिम आयोगले आफ्नो काम पूरा गर्न आवश्यक कर्मचारी, अन्य सरसहयोग दिने नेपाल सरकारको पनि दायित्व रहेको र आयोगलाई निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा गराउन सरकारले आवश्यक सहयोग गर्न निर्देशन दिने समितिको निर्णयमा भनिएको छ । भने उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने पक्षमा नरहेको जानकारी दिए ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बौल्दै मन्त्री श्रेष्ठले आयोगसँग सल्लाह नगरी जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय कार्यान्वयन नहुने समेत बताए । आर्थिक वर्ष २०८० र ०८१ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु खर्च कटौती गर्न २० भन्दा बढी निकाय खारेज गर्ने क्रममा ७० जिल्लाका निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेको सुनाएपछि सरकार चौतर्फि दबाबमा पर्दै गएको हो ।

 


Thali Mobile Pvt.Ltd.