भर्खरै : Sorry, your browser does not support inline SVG.
३ दिनसम्म अत्यधिक गर्मीको चेतावनी, तापक्रम ४० डिग्रीसम्म पुग्ने सम्भावना | इरानसँगको वार्तामा केही प्रगति भएको छ : अमेरिकी विदेशमन्त्री रुबियो | आयोजना ढिलाइले लागत बढ्यो, लगानीमै प्रश्न उठ्यो : ऊर्जामन्त्री श्रेष्ठ | एमाले नीति प्रतिष्ठानको निर्देशक कमिटीमा को–को परे ? ६ जनाको नाम प्रस्ताव | निर्माण व्यवसायीले छवि सुधार्नुपर्छ: सांसद राईको कडा टिप्पणी | मनसुनमा लापरवाही नगर्न एआईजी कार्कीको चेतावनी : मौसम पूर्वानुमान पालना गर्न आग्रह | होन्डुरसमा भीषण गोलीकाण्ड: मजदुर र प्रहरीसहित २५ जनाको ज्यान गयो | यार्सागुम्बाका लागि पाटन उक्लिए विद्यार्थी, डोल्पाका अधिकांश विद्यालय बन्द |

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा चटारो

जुम्लाका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा चटारो

खलङ्गा, । जुम्लाका किसान यस याममा स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन् । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म यहाँका किसानलाई स्याउ बगैँचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ । तातोपानी गाउँपालिका – ४ का किसान सत्यदेवी पाण्डेले स्याउ बोटको काटछाँट तथा यसको व्यवस्थापनमा आफूहरु जुटेको जानकारी दिए । बगैँचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले व्यवस्थापन अनिवार्य गरिएको तिला गाउँपालिका – १ का कार्यवाहक वडाध्यक्ष नर रावतले बताए । बगैँचा व्यवस्थापनकार्यका साथै खेर गएका र बाँझो जग्गामा समेत नयाँ बिरुवा लगाउने सयम समेत सुरु भएको छ ।

जिल्लाका आठवटै स्थानीय तहका स्याउ किसान यतिखेर खेतबारीको स्याउ बगैँचामा स्याउ कटिङमा लागि परेको स्थानीय तहका कृषि शाखाले जनाएका छन् । पछिल्लो सयमयमा कर्णाली प्रदेश सरकारले स्याउ किसानलाई विशेष अनुदानसमेत दिने गरेको छ । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाई जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोखरेलले बताए । स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैँचामै पुगेर स्याउ बगैँचा काटँछाटदेखि स्याउ व्यवस्थापन गरिने उहाँले जानकारी दिए ।

बिरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् । खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरुवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि विकास कार्यालयका प्रमुख गषेशबहादुर अधिकारीले बताए । खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरुवा लगाउन उपयुक्त हुने उहाँले जानकारी दिए ।

कृषि प्राविधिकको सल्लाह अनुसार स्याउका बिरुवा रोप्दा र समयमै बगैँचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने तिला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक सरिता महतले बताए । सो शाखाले फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दा अगाडि नै स्याउका बिरुवा रोपिसक्नुपर्ने जनाएको छ । स्याउका बिरुवा रोप्दा पाकेको गोठेमललाई माटोसँग मिसाएर हाल्दा राम्रो हुनेदेखि स्याउखेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुने कार्यालयका प्राविधिक सहायक सुकिराम नेपाली बताए ।

छ हजार मेट्रिक टन स्याउ उत्पादन

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्अनुसार यसवर्ष जिलामा छ हजार १७० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ । स्याउ उत्पादनको तथ्याङ्क गत वर्षभन्दा यो वर्ष १९ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७८–७९ मा ६ हजार १७० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७७–७८ मा ६ हजार २१० मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ ।

जिल्लको कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर छ । यसको चार हेक्टर जमिनमा गरिएको स्याउखेतीमध्ये एक हजार ८८८ हेक्टरमा मात्रै स्याउ फलेको थियो । गत आव. २०७७–७८ मा तीन हजार ८८५ हेक्टर जमिनमा गरिएको स्याउ खेतीमध्ये एक हजार ५५४ हेक्टर जमिनमा स्याउ उत्पादन भएको कार्यालयले तथ्याङ्कले देखाएको छ । यस वर्ष जिल्लाबाट एकहजार ९०० क्विन्टल निर्यात भएको कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.