भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

जुम्लामा मार्सी धान रोपाइँको चटारो

जुम्लामा मार्सी धान रोपाइँको चटारो

काठमाडाैं । जुम्ला मात्र उत्पादनहुने मार्सीधान रोपाइँको याम सुरु भएपछि यहाँका किसानलाई भ्याइनभ्याइ भएको छ। जिल्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा उत्पादन हुने मार्सी धानको पर्यटकीय प्रवर्द्धन गर्नेका लागि धान रोपाइँ महोत्सव समेत आयोजना गरिएको छ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भीमप्रकाश शर्माले मार्सी धानको बीउ रोपी महोत्सवको शुभारम्भ गरे। कृषिमन्त्री खेतमा पुगेपछि मार्सी धानको महत्व अझै बढेको किसान बताउँछन्। पछिल्लो समयमा मार्सी धानमा रोगको सङ्क्रमण बढेको जनाउँदै किसानले धान रोप्न छोडेका थिए। मार्सी धानको उत्पादनमा लाग्न किसानलाई थप हौसला बढेको स्थानीयवासी मुनबहादुर ऐडीले बताए। जुम्लाबाट उत्पादन हुने हरेक अर्गानिक फलफुललाई बजारीकरण गर्नदेखि छुमचौरमा उत्पादन हुने काली मार्सी धानलाई संरक्षण गर्नेका लागि प्रदेश सरकारको कृषि मन्त्रालयले आवश्यक सहयोग गर्न भएको छ।

मार्सी धानको चामल विश्व बजारसम्म सहजरुपमा पुर्‍याउनका लागि प्रदेश सकारले सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने कृषिमन्त्री शर्माले जानकारी दिए। नेपाली बजारमा पछिल्लो समयमा मार्सी चामलको माग अत्यधिकरुपमा हुने गरेको छ। आन्तरिक तथा बाह्य पर्यटनलाई सिधै छुमचौरमै ल्याउन सके अझै यहाँको मार्सी धान चामलको बजार मूल्य बढ्ने भएकाले प्रदेश सरकारले छुमचौरलाई विशेष प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ। समुद्री सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा उत्पादन हुने मार्सी धान खेतीलाई संरक्षण गर्नेका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने गाउँपालिका अध्यक्ष पुन्नसिंह बोहोराले बताए।

पालिकाको आफ्नौ बजेटमा मार्सी रोपाइँ हुने जिउलोमा घेरबार गरेका छौं। बजेटको अभावले अझै हुन सकेको छैन। मार्सी धान संरक्षण गर्नेका लागि गाउँपालिको आउने वर्षको नीति तथा कार्यक्रमबाट बजेटको थप व्यवस्थापन गरिने गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।

धान खेती घट्दै

यहाँको पातारासी–३ स्थित छुमचौर जिउलोमा काली मार्सी धानको खेती घट्दै गएको छ। काली मार्सी धान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु सिमी, मकै, कोदो, चिनो, कागुनोको खेती गर्न थालेका छन् । बर्सेनि खेत बाँझो हँुदै जाँदा किसान मार्सी धानको खेती छोड्न थालेको पातारासी–३ का स्थानीयवासी ललिता बुढाले बताए। काली मार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै, आलु रोपेका छन् भने कतिपयले खेत बाँझै राखेका छन् ।

मार्सी धानको खेती गर्दा रोग किरा लाग्ने, पानी प्रशस्त चाहिने र मेहनत बढी लाग्ने तर उत्पादन कम हुने भएकाले किसानले विकल्प खोज्न थालेको यहाँका किसान बताउँछन् । यहाँ धानको उत्पादन कम हुन थालेपछि धानको याममा अधिकांश बालबालिका र युवायुवती यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन्। जिउलोमा धान पाक्न आठ महिना लाग्दछ। एक महिना यार्सा सङ्कलन गर्दा तीन गुण बढी आम्दानी हुने भएपछि उनीहरु पाटन जाने गरेका स्थानीयको भनाइ छ।

यार्साबापत एक परिवारले एक महिनामा न्यूनतम रु ५० हजारदेखि एक लाखसम्म कमाउँ थालेपछि यहाँका स्थानीयवासीको रोजाइमा मार्सी धानभन्दा यार्सा सङ्कलनमा जाने गरेको पातारसी गाउँपालिकाको कृषि शाखाले जनाएको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा दुई सय आठ सय हेक्टरमा धान खेती हुने गरेको कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.