भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

झकिझकाउ संसद् भवन

झकिझकाउ संसद् भवन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति कार्यक्रम प्रस्तुत गर्नका लागि संसद्को संयुक्त बैठक अपराह्न ४ बजेका लागि राखिएको थियो ।राष्ट्रपति संसद् भवन आउने भएपछि संसद् भवन परिसर झकिझकाउ गरिएको थियो । संसद् भवनको मुख्यद्वार अगाडि रहेको पानीको फोहोराले संसद्मा आमन्त्रण गरिएका विशिष्ट व्यक्तिलाई स्वागत गरेको थियो । संसद् सचिवालयले विशेष अवस्थामा मात्रै उक्त पानीको फोहोरा सञ्चालनमा ल्याउने गर्दछ ।संसद् भवन परिसरमा राष्ट्रिय झण्डा र विभिन्न ध्वजापताका सजाइएको थियो । संसद् भवन पुग्नुभएका राष्ट्रपति भण्डारीलाई सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संसद् सचिवालयका कर्मचारीले पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।

नेपाली सेनाको परमाधिपतिसमेत रहनुभएका राष्ट्रपतिलाई सेनाको एक टुकडीले राष्ट्रिय गानसहित सलामी अर्पण गरेको थियो ।
राष्ट्रपतिबाट नीति कार्यक्रम प्रस्तुत गर्ने रोष्ट्रममा समेत फूलहरुले सजाइएको थियो । संसद्को रोष्ट्रममा सभामुख र अध्यक्षको बीचमा बसेर नीति कार्यक्रम वाचन गर्ने व्यवस्था मिलाइएको थियो । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।संसद् भवनमा सञ्चारकर्मी तथा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । अधिकांश सञ्चारमाध्यमले नयाँ बानेश्वरबाट नीति कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.