भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन

‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सञ्चालन

खाेटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय र आधारभूत विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगितामा सरस्वती मावि अर्खौले र बुलापन्थे मावि धितुङ प्रथम भएको छ । नगरपालिकाभित्रका ११ वटै वडामा सञ्चालित कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि अन्तर विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको थियो । यसमा विजेता विद्यालयबीच दुर्छिम माध्यमिक विद्यालयको प्राङ्गणमा नगरपालिकाले हाजिरी जवाफ प्रतियोगिता गराएको थियो ।

कक्षा ५ सम्मका विद्यार्थीको हाजिरी जवाफमा बुलापन्थे मावि धितुङ प्रथम हुँदा जगदम्बा मावि महादेवस्थान दोस्रो र जनता मावि सल्ले तेस्रो भएका छन् । नगरपालिकाभित्रका १२ वटै माविका कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच भएको प्रतियोगितामा सरस्वती मावि अर्खौले प्रथम, महेन्द्रदोय मावि महादेवस्थान दोस्रो र बुलापन्थे मावि धितुङ तेस्रो भएका छन् ।

कक्षा ५ सम्मका विद्यार्थीबीच गराइएको हाजिर जवाफ प्रतियोगितामा प्रथम हुने बुलापन्थे मावि धितुङ र कक्षा १० सम्मका विद्यार्थीबीच भएको हाजिर जवाफ प्रतियोगितामा प्रथम हुने सरस्वती मावि अर्खौलेलाई हौसलास्वरुप नगद रु ५०–५० हजार प्रदान गरिएको नगरपालिकाले जनाएको छ । कक्षा ११ र १२ का विद्यार्थीका लागि ‘हाम्रो सपना समृद्ध हलेसी तुवाचुङ नगरपालिका’ शीर्षकमा बत्तृत्वकलामा प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

प्रतियोगितामा च्यास्मिटार माविका मेनुका राई प्रथम, महेन्द्रोदय मावि हलेसीका नमराज मगर दोस्रो, जनता माविका मनिषा पौडेल तेस्रो र ज्योति माविका रमेश कार्की चौथो भएका छन् । विजेता विद्यार्थीलाई क्रमशः रु सात हाजर, छ हजार र पाँच हजारका दरले नगदसहित प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले बताउनुभयो ।

नगरपालिकाको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थी र विद्यालयको वास्तविक क्षमता मापन भएको छ । पाठ्यक्रमलाई समेटेर विषयगतबाट ८० प्रतिशत र सामान्य ज्ञानबाट २० प्रतिशत प्रश्न सोधिएको नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा विजयी विद्यालय तथा विद्यार्थीलाई नगरप्रमुख विमला राई र उपप्रमुख रमेश राउतले संयुक्तरूपमा पुरस्कार प्रदान गर्नुभएको छ । सामाजिक विकास संयोजक एवं १ नं वडाका वडाध्यक्ष रुद्रकुमार राईको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठी, वडाध्यक्ष, प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्षलगायतको उपस्थिति थियो ।

 


Thali Mobile Pvt.Ltd.