भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ । धुनिबेशी नगरपालिका–६ चालिसेमा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विकको मृत्यु भएको हो ।

पैदल हिंडीरहेकी उनलाई काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना ८ ख ५१७३ नम्बरको ट्रकले गएराति साढे ९ बजे ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी विकको उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.