भर्खरै : Sorry, your browser does not support inline SVG.
सिद्धबाबा नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध | युएईद्वारा इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार निलम्बन | मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान |

डुङ्गा डुब्दा ८ बालबालिकाको मृत्यु

डुङ्गा डुब्दा ८ बालबालिकाको मृत्यु

काठमाडौं । कम्बोडियामा अंग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुङ्गा डुब्दा आठ बालबालिकाको मृत्यु भएको छ । मेकोङ नदीमा डुङ्गा डुब्दा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सानो डुङ्गामा क्षमता भन्दा बढी व्यक्ति सवार रहेको कारण दक्षिणपूर्वी कान्डल प्रान्तमा आफ्नो गन्तव्यबाट करिब ५० मिटर टाढा डुबेको स्थानीय प्रहरी प्रमुख एम थाउले बताए ।

उनले भने, ‘यो दुःखद दुर्घटनामा आठ विद्यार्थीको मृत्यु भएको छ र तीन विद्यार्थीहरू पानीमा डुबेर बेपत्ता छन् ।’ पीडितहरू १२ देखि १५ वर्षका रहेको जनाइएको छ ।

दुई वयस्क, डुङ्गा सञ्चालक र दुई विद्यार्थीको उद्धार गरिएको छ । प्रधानमन्त्री हुनसेनले आफ्नो शोक व्यक्त गर्दै मेकोङको बढेको भारी बाढीको समयमा मानिसहरूलाई सतर्क रहन आग्रह गरे ।

डुङ्गा दुर्घटनाहरु दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा सामान्य छन् । नदीको किनारमा बस्ने मानिसहरूको यातायातका प्रमुख साधनको रुपमा डुङ्गा नै रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.