भर्खरै : Sorry, your browser does not support inline SVG.

डेंगीले महामारीको रुपलिदै,डेंगीबाट दश वटा जिल्ला सबैभन्दा बढी प्रभावित

डेंगीले महामारीको रुपलिदै,डेंगीबाट दश वटा जिल्ला सबैभन्दा बढी प्रभावित

काठमाडौं । हाल देशभर ४ हजार २ सय ८९ जना डेंगीका बिरामी रहेको छन् । । देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको हो । डेंगीबाट दश वटा जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् ।

१० जिल्लामा मात्र ३ हजार ६ सय ७१ बिरामी रहेको महाशाखाले जनाएको छ । सुनसरी २ हजार ५ सय ४२, धादिङमा ४ सय १, कास्कीमा २ सय ५, दार्चुलामा १ सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दी ५४, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५ र मोरङमा ३८ जना बिरामी रहेका छन् ।

कोशी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ७ सय ५४ जना डेंगीका विरामी रहेका छन् । त्यस मध्ये धरानमा मात्रै विरामीको संख्या दुई हजार माथि रहेको छ । निरन्तरको वर्षा, सरसफाइको बेवास्ता र लामखुट्टेबाट जोगिने उपाय नगर्दा डेंगी फैलिने क्रम तीब्र भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

भदौ र असोजसम्ममा डेंगी संक्रमण उच्च हुने पनि महाशाखाले प्रक्षेपण गरेको छ । मधेश प्रदेशमा २२ जना, बागमती प्रदेशमा ७ सय ७६ जना, गण्डकी प्रदेशमा ३ सय ४४ जना, लुम्बिनी प्रदेशमा १ सय ६६, कर्णाली प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा ३ सय १६ डेंगीका बिरामी रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.